मुस्ताङ तिम्रो सौन्दर्यता प्रति को मोहित नहोला र ? (भिडियो सहित)


हिमाल, पहाड र तराईका छुट्टा छुट्टै भू बनोटले निर्माण भएको नेपाल आफैंमा एउटा प्रकृतिको सुन्दर खानी हो । एकै देश भित्र फरक जाती, भाषा, बोलीचाली र मौसम रहेको प्राकृतिक सौन्दर्यताको भण्डार नेपालको वर्णन जति गरेपनि कम नै हुन्छ । नेपालको यो अपार प्राकृतिक सौन्दर्यताले धेरैको मन लोभ्याएको मात्रै छैन धेरैका छोरा छोरीलाई यो देशको बलियो खम्बा बनाएको छ । धेरेको चुलो बालेको छ, कयौंको सपनाको सारथी भएको छ । नेपाली प्राकृतिक सौन्दर्यताले बाह्य पर्यटकलाई आकर्षित गरेको छ, जसका कारण विदेशी पर्यटक आफ्नो देश र परिवार छाडेर बारम्बार प्रकृतिसँग रमाउने नेपाल आइपुग्छ ।
नेपालीहरु त झन प्रकृतिको काखैमा जन्मिएर पनि होला यहाँको सुन्दरताको बखान गरेर कहिले थाक्दैन । यो सुन्दरतासँग खेलेर कहिल्ये अघाउँदैनन् । तर, विडम्बना यहि सुन्दर प्रकृतिको नेपाल सरकारले पर्याप्त मात्रा प्रचार प्रसार तथा प्रवद्र्धन भने गर्न सकेको छैन ।हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङ पनि प्रकृतिको खानी हो । यहाँका हिमाल हेरेर जो कोहिका आँखा थाक्दैनन् । धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने मुस्ताङ धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा रहेको छ । जसले गर्दा मुस्ताङको सुन्दरतालाई अझ निखारता ल्याएको छ । त्यहाँ पुग्ने नेपाली मात्रै होइन विदेशी पनि ति हिमशृंखला छाडेर फर्किन सक्दैन । त्यहाँ पुगेका धेरै मन उतै छाड्छन् र तनले फर्कछन् आफ्नो बासस्थान ।
अन्नपूर्ण हिम श्रृङ्खलाको काखमा रहेको मुस्ताङको खुला निलो आकाशमा बादलको लुकामारीले त्यहाँ पुग्ने जो कोहीको मन प्रफुल्ल गराउँछ । जिल्लाको करिब करिब बीच भाग भएर बग्ने काली गण्डकी नदीले संगीतको सुरमा मान्छेलाई मोहनी लगाउँछ । तिनै नदी बग्ने खोली किनारको आडैमा बनाएका घरले मुस्ताङलाई प्राकृतिक सौन्दर्यताको धनी जिल्ला बनाउन कुनै कसर बाँकी राखेको छैन । र त वर्षेनी हजारौं पर्यटकलाई आफूतिर डोहोर्याएको छ मुस्ताङले ।
निलो आकाश, सिमलको भुँवाजस्तै उडेको बादल, बादल मुन्तिर पहाड र पहाडको काखैमा फुलेको मौसमी तोरी, फापरले मुस्ताङको सुन्दरतालाई यौवनाको सिउँदोको सिन्दुर जस्तै खुलाएको छ । मुस्ताङमै पर्ने मुक्तिनाथ, दामोदर कुण्ड, कागवेनी जस्ता धार्मिक तिर्थस्थलहरुले पनि वर्षेनी लाखौं पर्यटक भित्राउन सफल देखिन्छ । मुस्ताङको स्याउ प्रसिद्ध मानिन्छ । अझ सिङ्गो मुस्ताङको सुन्दरता बोकेर सिमापारीसम्म बग्ने कालीगण्डकीमा शालीग्राम धेरैको आकर्षक बनेको छ ।
नेपाल धेरैजसो जिल्लाहरूको नामाकरणकुनै खोला स्थान वा घटनाका आधारमा गरिएको भएता पनि यस जिल्लाको नामाकरण औषधिको नामबाट भएको पाइन्छ । तिब्बतीयन भाषमा मन् भनेको औषधि र थाङ भनेको चौरबाट मनथाङ हुदै मुस्ताङ हुन आएको हो भन्ने जनश्रुति रहेको छ । जडिबुटीका हिसावले प्रशिद्ध रहेकोले मुस्ताङ तीन हजार वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बतबीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ । जोमसोम सदरमुकाम रहेको मुस्ताङको मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन्। यही मुस्ताङको यी लोभ लाग्दा तथा आकर्षक प्राकृतिक दृश्यहरु
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें