गृहमन्त्री वामदेव गौतमले अखण्डता र सार्वभौमसत्तामाथि आँच आउने अभिव्यक्ति दिने नेताहरुमाथि कारवाहीको माग गरेका छन । विभिन्न स्थानमा नेता र सभासदहरुले दिएको गैरजिम्मेवार अभिव्यक्तिप्रति सरकार गम्भिर रहेको उल्लेख गर्दै उनले अभिब्यक्ति दिनेहरुको अडियो रेकर्ड गरी आवश्यक कारवाहीका लागि सभामुखलाई वुझाएका छन । यसैबीच सभामुख सुवास नेम्वाङले आवश्यक प्रक्रिया अघि बढाउन सचिवालयलाई निर्देशन दिएका छन् ।
विभिन्न स्थानमा भएको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै सभासदहरुले गृहमन्त्रीसँग जवाफ माग गरेपछि उनले प्रहरीले कुनै पनि स्थानमा दमन तथा धरपक्कड नगरेको जवाफ दिएका छन । साउन २८ गतेदेखी साउन ३१ गतेसम्म भएका विभिन्न घटना तथा बन्दको बारेमा जवाफ दिदै गृहमनत्री गौतमले स्थितीलाई नियन्त्रणमा लिन जुम्लामा रबरको गोली र अन्य स्थानमा सामान्य बल प्रयोग मात्रै गरेको बताए ।
गृहमन्त्री गौतमले अखण्ड मध्यपश्चिम माग गदै भएको आन्दोलनमा मृत्यु भएकाहरुको परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति र घाइतेको उपचार खर्च सरकारले व्योहोर्ने जानकारी पनि दिए । गृहमन्त्रीको जवाफ चिक्तवुझ्दो नभएको भन्दै राप्रपा नेपालका सभासद् दिलनाथ गिरीले आपक्ति जनाएका थिए । उनले राप्रपा नेपालले गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले निर्ममता पूर्वक दमन गरि अन्धाधुन्ध लाठीले कुटेको आरोप लगाए ।
संसदको विशेष समयमा सभासद्हरु ललितजंग शाही, बलराम अधिकारी, लालबावु राउत, अकवाल अहमद शाह, कल्पना चौधरी, प्रेमवहादुर सिंह लगायतले थारु, कर्णाली क्षेत्रको अधिकार माग्दा प्रहरीले दमन गरेको आरोप लगाएका थिए ।।

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें