आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस बन्दलाई अनिश्चितकालसम्म निरन्तरता दिने घोषणा गरेको छ । संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना र तराई मधेस सद्भावना पार्टीले संबिधानको प्रस्तावित मस्यौदाप्रति असहमति जनाउदै अनिश्चितकालिन बन्द घोषणा गरेका हुन् । पहिचान र स्वायत्ततासहितको प्रदेश सुनिश्चित नभएसम्म आन्दोलन नरोक्ने उनीहरुको चेतावनी छ ।
मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीसँग मिलेर हिजो र आज नेपाल बन्द गरेपनि बन्दकै विषयमा विवाद भएपछि चार दलीय मोर्चाले एकलरुपमा मधेस बन्दलाई निरन्तरता दिने बताएको हो । ६ प्रदेशको सीमाङ्कन मधेसी, जनजाति, थारु र दलितको भावना विपरितको रहेको भन्दै यि दल केही साता अघिदेखि आन्दोलनमा छन् । उनीहरुकै आह्वानमा मधेसका केही जिल्ला एक सातादेखि वन्द छन ।।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें