पहिरोमा पुरिएर श्रीमानको मृत्यु, श्रीमती घाइते


भदौ, गोरखा उत्तरी गोरखाको ल्हो गाविसमा झरेको पहिरोले बुधबार राति एक वृद्धको मृत्यु भएको
तिब्बतसँग सिमाना जोडिएको ल्हो गाउँका ७० वर्षीय पासाङ छिरिङ लामाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको माथिबाट पहिरोसँगै झरेको ठूलो ढुङ्गा छिरिङमाथि बज्रेको थियो
उनीहरु स्याला गाउँबाट ल्हो गाउँतर्फ आउँदै थिए जङ्गलको बाटोमा माथिबाट झरेको पहिरोमा पुरिएपछि छिरिङको मृत्यु भएको स्थानीयवासीले बताएका छन्
साथै पहिरोमा परेर छिरिङकी श्रीमती काल्तेन लामा घाइते भएको उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बुधबार दिनभर स्यालाल्हो गाउँ आवतजावत गर्ने बाटोमा पहिरो खसेकाले मानिस हिँड्न सकेका थिएनन् बेलुकी पहिरो रोकिएपछि छिरिङ दम्पती घर हिँडेका थिए तर पुनः पहिरो झरेपछि छिरिङको मृत्यु भएको हो

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरीनायब उपरीक्षक वसन्त रजौरेका अनुसार घटनास्थलमा अहिले प्रहरी पुगिसकेको भूकम्पपछि उत्तरी गोरखामा एक गाउँदेखि अर्को गाउँ पुग्ने बाटो पहिरोले अवरुद्ध बर्सातको बेला पहिरो झर्ने उत्तरी भेगमा बर्सात रोकिएपछि पनि सुक्खा पहिरो झर्छ
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें